Share Icon

२९ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर १ मा अहिले विकासले फड्को मारीरहेको छ ।

पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बाबुराम थारूले बताउनुभयो ।

वडा अध्यक्ष थारूले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बाबुराम थारू अहोरात्र खटिरहनु भएको छ ।”

उहाँले भन्नुभयो, “हामीले लक्षित वर्गलाई समेट्ने गरी जेष्ठ नागरीक तथा अपाङ्गहरुलाई बजेट विनीयोजन गरेअनुसार उहाँहरुलाई झुल वितरण गर्ने कार्यक्रम राखेका छाैँ ।”

त्यसैगरी किसानहरुलाई कम्पोष्ट मल र पशुपालन सम्बन्धी दलितहरुलाई बाख्रा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा विशेष प्राथमिकता सडक र कृषिलाई दिएसँगै सडकमा ग्राबेल गर्ने काम केही सम्पन्न भएको र केही बाँकी रहेको बताउनुभयो ।

त्यसैगरी कृषि क्षेत्रमा सिचाई नपुग्ने ठाउँमा डुढको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवाको लागी खेलकुद र वर्गरहरुलाई झोला वितरण गर्ने काम जारी राखेका छौँ ।”

उहाँले शिक्षा क्षेत्रको लागी विद्यालयहरुमा खेलकुद सामाग्री र बाउन्ड्रीकोलागी बजेट विनीयोजन गरीएको बताउनुभयो ।

अध्यक्ष थारू भन्नुहुन्छ, “म मेराे पाँच वर्षिय कार्यकाल भित्र आफ्नो वडालाई वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको छ ।”

अन्त्यमा उहाँले भन्नुभयो ?

मलाई अमुलय भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon