नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष क्षेत्री
१४ जेठ, काठमाडाैँ । मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३.११र२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गा.वि.स. का पर्दछन् ।
यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०६८ अनुसार कूल जनसंख्या २१२८४ रहेको छ ।
जसमा पुरुष ९२८२ र महिला १२००२ रहेको छ । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्ला , पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका , उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा नगरपालिका अवस्थित छ ।
गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित मोदी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्र बहाुर क्षेत्रीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
मोदी गाउँपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष देवेन्द्र बहाुर क्षेत्री ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष क्षेत्री अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
मोदी गाउँपालिका वडा नं. ३ मा जम्मा बजेट पालिकाबाट ७० लाख वजेट विनियोजन गएिको वडा अध्यक्ष देवेन्द्र बहाुर क्षेत्रीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष क्षेत्री भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ७० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”
वडा अध्यक्ष क्षेत्रीभन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेको योजना मध्ये ९० प्रतिशत योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयोे ।
वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो,’ वडाबाट पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र बाटोलाई दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, बाटो चौडा बनाउने, ढलान गर्ने र नयाँ ट्रयाक खोल्ने कामहरु गरिएको छ । ‘
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।
त्यस्तै शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने, शैक्षिक सामाग्रीहरु वितरण गरेको, दरबन्दी नभएको ठाउँमा निजि स्रोतबाट व्यवस्था गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘ वडामा सामुदायिक भवनहरु निमार्ण गर्ने कामहरु धेरै गरेका छौँ । ‘ त्यसै गरी खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा धारा पुराउनको लागि वडाको पहलबाट बृहत रुपमा कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि टनेलको वितरण गरेको, कृषि पकेटको निमार्ण गरेको र आधुनिक कृषि औजार हाते टयाक्टरहरु वितरण गरेका छौ । ‘
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै रोजगारीमुलक विभिन्न सिपमुलक तालिमहरु व्यवस्था गरेको, आयआर्जनको लागि बाख्राको पाठाहरु वितरण गरेको वडा अध्यक्ष क्षेत्रीले प्रष्ट पार्नुभयो ।
युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष देवेन्द्र बहाुर क्षेत्रीले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







