Share Icon

१४ जेठ, काठमाडाैँ । मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३र११र२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो ।

यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गा.वि.स. का पर्दछन् । यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०६८ अनुसार कूल जनसंख्या २१२८४ रहेको छ ।

जसमा पुरुष ९२८२ र महिला १२००२ रहेको छ । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्ला , पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका , उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा नगरपालिका अवस्थित छ ।

गण्डकी प्रदेश  पर्वत जिल्लामा अवस्थित मोदी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मान बहादुर अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

मोदी गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मान बहादुर अधिकारी ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

मोदी गाउँपालिका वडा नं. ५ मा जम्मा वजेट पालिकाबाट ८० लाख, प्रदेशबाट ८० लाख वजेट विनियोजन गरिएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारी निर्वाचित हुनभन्दा पहिले गा.वि.स.सचिवमा रहेर काम गरे संसगै निरन्तर समाज सेवा गरेर अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।

वडा अध्यक्ष अधिकारीले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा, खानेपानी र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुका साथसाथै वडामा रहेको बाटोकोस्तरउन्नति गर्दै नयाँ बाटोको ट्रयाक खोल्ने, ग्राभेल गर्ने, ढलान गर्ने र आवश्यक परेको खण्डमा कालो पत्रे गर्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्न विशेष जोड गरेकोे उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर विभिन्न रोगहरुको स्वास्थ्य परिक्षण गरेको वडा अधिकारीले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजनहरु अनुदानमा वितरण गरेको, फलफुल विरुवाहरु वितरण गरेको , टनेलहरु वितरण गरेको र मिनि टयाक्टर वितरण गरेकोे छौ । ‘

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

त्यसै गरी महिला तथा लक्षित वर्गको लागि विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि वडाबाट वजेट विनियोजन गरेको उहाँको भनाई छ ।

वडा अध्यक्ष मान बहादुर अधिकारीले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon