विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष कुशवाहाले एक वर्षमा के-के काम गरे ?

Share Icon

काठमाडाैं । बाराकाे आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ काे कार्यालयले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेको विकासको कामको जानकारी गराएको छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट हरिनारायण प्रसाद कुशवाहा वडा अध्यक्षको जिम्मेवारीमा हुनुहहुन्छ।

वडा नम्बर ८ का वडा अध्यक्ष कुशवाहा विकास प्रेमी नेताका रुपमा परिचित हुनुहहुन्छ। युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष कुशवाहा वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण हुनुहुन्छ।

वडा अध्यक्ष कुशवाहाको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गर्नुभएकाे छ। वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष कुशवाहा वडामा विकास प्रेमी नेताकारुपमा परिचित हुनुहुन्छ ।

आशन र भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उहाँले नेतृत्व पाएदेखि वडाको विकासै विकास भएको जोकोहीले देख्न पाउँछ । साेही क्रममा उहाँले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि एक वर्षमा गरेको विकासको कामका जानकारी गराउनु भएकाे छ।

उहाँको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणकाे काम भएकाे छ ।

सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।

वडामा विजुलीकाे पाेल विस्तार गरिएकाे वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,’विशेष गरेर वडामा कृषकहरूकाे माग बमाेजिम ३६ वटा विद्युतकाे पाेल विस्तार गरिएकाे छ।’

साथै उहाँले कृषिलाई लक्षित गरेर किसानहरूलाई घाँसकाे बिउ वितरण गरिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘ करिब एक सय किलाे घाँसकाे बिउ किसानहरूलाई वितरण गरिएकाे हाे।’

त्यस्तै वडा अध्यक्ष कुशवाहाले वडामा याे एक वर्षमा विभिन्न टाेलमा बाटाे निर्माण गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’बिग्रिएकाे बाटाे ढलान गराई निर्माण गरिएकाे छ, मलाही र ब्रममाइ टाेलमा बाटाे ढलान गरिएकाे हाे।’ त्यस्तै उहाँले जमुनिया टाेलमा बाटाे ग्राभेल गरिएकाे बताउनु भयाे ।

त्यसैगरी उहाँले शिक्षालाई पनि प्राथमिकता दिएकाे विभिन्न याेजनाहरू सम्पन्न गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’श्री नेरा निमावीमा २ वटा काेठा निर्माण गरिनुका साथै विद्यालयकाे फिल्डमा माटाे पटान गरिएकाे छ।’

त्यस्तै वडा अध्यक्ष कुशवाहाले स्वास्थ्य क्षेत्रमा पनि विभिन्न कामहरू गरिएकाे बताउनु भयाे । ‘लच्छीपुर काेतवाली स्वास्थ्य चाैकीकाे जिर्ण भवनलाई निर्माण गरेका छाैँ।’,उहाँले भन्नुभयाे,’स्वास्थ्य चाैकी वर्थिङ सेन्टरकाे व्यवस्था पनि गरिनेछ।’

त्यसैगरी बालविवाह सम्बन्धमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएकाे उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे,’मधेसी समुदायलाई लक्षित गरेर अभिभावक र बालबालिकालाई राखेर सचेतनामुलक कार्यक्रम गरिएकाे थियाे।’

त्यस्तै उहाँले पछिल्लाे एक वर्षमा पर्यटन प्रवर्द्धन पनि विभिन्न कदमहरू चालिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिकस्थलमा विशेष ध्यान दिएर कामहरू गरेका छाैँ।’त्यसैगरी ज्येष्ठ नागरिक र एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता वितरणमा वडा कार्यालयले समन्वय गरेकाे उहाँले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.