Share Icon

१२ जेठ, काठमाडाैँ । नेपाल सरकार मन्त्रिपरिषद् मिति २०७३र११र२७ को निर्णय अनुसार स्याङ्जा जिल्लामा गठित ११ स्थानिय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित, जनसंख्या १७३४३ तथा ८७.४८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिका साविक किचनास गा.वि.सको ६,८ र ९ वडा, चिसापानी गा.वि.सको १ देखि ९ वडा, चित्रे गा.वि.सको १देखि ९ वडा, क्याक्मी गा.वि.सको १ देखि ९ वडा तथा चिन्नेवास गा.वि.सको ७,८ र ९ वडालाई मिलाई स्याङ्जा जिल्लाकै ठुलो एवम् प्रख्यात हरिनासको वन बाट यस गाउँपालिकाको नामकरण भएको हो।

यस गाउँपालिकामा ७ वटा वडा हरु रहेका छन् भने यसको केन्द्र साविक चित्रेभन्ज्याङ गा।वि।स कार्यालयमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा तनहुँको भिमाद नगरपालिका, उत्तरमा तनहुँको शुक्लागण्डकी नगरपालिका, पश्चिपममा बिरुवा गाउँपालिका र चापकोट नगरपालिका तथा दक्षिणमा चापाकोट नगरपालिका र तनहुँको भिमाद नगरपालिका रहेका छन्।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित हरिनास गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भरत थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

हरिनास गाउँपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भरत थापा ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ७० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष थापा निर्वाचित हुनभन्दा पहिले निरन्तर समाज सेवा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा, खानेपानी र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुका साथसाथै वडामा रहेको बाटोकोस्तरउन्नति गर्दै नयाँ बाटोको ट्रयाक खोल्ने, ग्राभेल गर्ने, ढलान गर्ने र आवश्यक परेको खण्डमा कालो पत्रे गर्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्न विशेष जोड गरेकोे उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर विभिन्न रोगहरुको स्वास्थ्य परिक्षण गरेको वडा थापाले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजनहरु अनुदानमा वितरण गरेको, रासायनिक मलहरु वितरण गरेको छौ । ‘

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा लिफ्टिङबाट खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

वडा अध्यक्ष भरत बहादुर थापाले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon