आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष मैनाली

Share Icon

१५ माघ काठमाडाैँ । दोलखा जिल्ला कालिन्चोक गाँउपालिका वडा नं. ९ का राम प्रसाद मैनाली स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुनः निर्वाचीत हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो ।

उहाँले जनताको समस्या र वडा विकासको लागी आफु सधैँ तत्पर रहेको बताउनुभएको छ् ।

पछिल्लो समय दोलखा जिल्ला स्थित कालिन्चोक गाँउपालिका वडा नम्बर ९ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राम प्रसाद मैनाली अहोरात्र खटिरहनुभएको छ ।

उहाँले गत वर्षको वार्षीक बजेट विनीयोजन गरेसँगै विकास योजनाका कामहरु सबै सम्पन्न भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा हामीले पूर्वाधार निर्माणमा सडकहरु लगाएत पशुपालन सम्बन्धी भैँसी पालनमा जोड दिदैँ सबै क्षेत्रहरुलाई समेटेर योजनाका कामहरु सम्पन्न गरेका छौँ ।

वडामा कृषि सँग सँगै पशुपालनलाई विशेष प्राथमिकतामा राखेर योजनाका कामहरु सम्पन्न गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले युवा तथा महिलाहरुको लागि ढाका बुन्ने लगाएत अन्य सिप मुलक कार्यक्रमहरु सम्पन्न गरेसँगै महिलाहरुको लागि महिला सशक्त्तिकरणका साथै जनचेतनाका कार्यक्रमहरु पनि सम्पन्न गरेका छौँ ।”

वडामा शिक्षा क्षेत्रकोलागी भौतिक तथा शैक्षीक कार्यक्रमहरु पालिकाले नै आयोजना गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कृषी क्षेत्रलाई प्राथमिकता दिएसँगै किसानहरुलाई आर्थिक रुपमा जोड्नका लागी वडामा संङकलन केन्द्र स्थापना गरेका छौँ, साथै किसानहरुलाई कृषीमा प्रोत्साहन गर्न अनुदान तथा कार्यक्रमहरु सम्पन्न गरेका छौँ ।”

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको र वडाबासीहरुको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष मैनाली भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र वडामा रहेका धुले सडकहरुलाई सोलीङ तथा ढलान गरेर व्यवस्थापन गर्दै आफ्नो वडालाई स्वच्छ्, सफा, सुन्दर बनाउनुका साथै जनताले चाहेका अपेक्षाहरु पुरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.