Share Icon

१५ माघ, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने  साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्।

यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ ।

भूमे गाउँपालिकामा वडा नम्बर ४ का वडा अध्यक्ष वडामा अहोरात्र खटिरहेका छन् । अध्यक्ष श्याम प्रसाद बुढा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय वडा नम्बर ४मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष वडामा अहोरात्र खटिरहेका छांै वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको र काम अगाडी बढिसकेको जानकारी वडा ४ का अध्यक्ष बुढाले बताउनुभयोे ।

सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा खानेपानि र बाटा शिक्षाको समस्या रहेको यसलाई समाधान गर्न हामी लागी परेको अध्यक्ष बुढाले बताउनुभयो ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष बुढाले वताउनुभयो।

वडामा बसेर काम गर्दा चुनौती पनि रहेको छ । तर चुनौतिका बावुजुत हामीले निरन्तर रुपमा लागी परेका छौ । हाम्रो जिम्मेवारी हो ।

समाज सेवा रोजेको छु समाज सेवामै समर्पित रहने छु । सदैव वडा बासिको हरेक सुख दुखमा साथ दिनेछु हाम्रो वडामा रहेका हरेक समस्याहरु समाधानका लागि निरन्तर लागि रहने छु अध्यक्ष श्याम प्रसाद बुढाले बताउनुभयो । त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन ।

उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ अध्यक्ष श्याम प्रसाद बढाले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

स्थानिय जनप्रतिनिधि ल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न र निराश हुन दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon