Share Icon

♥हस्ता विष्ट

९ चैत्र, काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्या रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गा .वि .स. जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरी : ४६ किलोमिटर रहेको छ ।

भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका रहेको छ । घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान यहाका प्रमुख पर्यटकीय स्थानहरू रहेका छन् ।

मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी जातजातीहरू बसोबास गर्छन्। परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी रहेका छन् । यस गाउँपालिकाले नेपालको कुल भुभागको 0.0७८८ प्रतिशत र नवलपरासी ९ ब.सु.पू . को १४.१५ प्रतिशत भूभाग ओगटेको छ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित बलिङटार गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष मिन बहादुर आलेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बलिङटार गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मिन बहादुर आले ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष आलेलेअहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष आलेले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

मिन बहादुर आले वडा अध्यक्ष निर्वाचित हुनुभन्दा कृषि पेशामा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

बलिङटार गाउँपालिका वडा नं. ४ मा वडा र पालिकाबाट १ करोड लाख, प्रदेशबाट १० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष मिन बहादुर आलेले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

भौगोलिक क्षेत्रफलको हिसाबले अरु वडा भन्दा वडा नम्बर ४ ले सबै भन्दा धेरै क्षेत्रफल ओगटेको वडा अध्यक्ष मिन बहादुर आलेले बताउनुभयो ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष आलेले बताउनुभयोे ।

वडा अध्यक्ष आलेले भन्नुभयो,  ” वडामा पहिलो प्राथमिकता कृषिलाई दिए साथसाथै कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि प्रर्वधन गर्दै विभिन्न तरकारीको विउँ वितरण गरेको, टनेलहरु वितरण गर्ने र विभिन्न कृषि सम्बन्धि तालिमहरुको व्यवस्था गरेका छौ । ”

त्यसै गरी बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

खानेपानीको क्षेत्रमा प्रत्येक घरघरमा लिफ्टिङबाट खानेपानी पुराउनको लागि विद्युतको लाईन जडान गर्नको लागि बृहत रुपमा कामहरु भईरहेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा सामुदायिक स्वास्थ्य केन्द्र नभएकोले वडाको भवनबाट स्वास्थ्य सुविधाहरु दिईरहेको र स्वास्थ्य चौकीको भवन निमार्ण गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा सबै कामहरु पालिकाहरुले हेर्ने गरेको र वडाबाट बेला बेलामा विद्यालयमा गएर अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशको आयोजनामा उद्योम विकास तालिममा यस वडामा ३५ जना महिलाहरुलाई समावेश गरि तालिमको लागि पठाईएको वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।

मिन बहादुर आलेले वडा अध्यक्ष ले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon