Share Icon

१७ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछ ।

विश्व मानचित्रमा २८० ०३’ ०७” देखि २८० ०८’ ००” उत्तरी अक्षांश र ८३० ३७’ ०६” देखि ८३० ४३’ ५७” पूर्वी देशान्तरसम्म यो गाउँपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको छ ।

यहाँको जनसंख्या ९८५७ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा गा. वि. स को वडा न. ७ र ८ मिलेर बनेको हो । यस गाउँपालिकाको केन्द्र साबिकको बालाकोट गा.वि. स. भवनमा रहेको छ ।

गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित महाशिला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष पुर्ण बहादुर मल्लले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

महाशिला गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पुर्ण बहादुर मल्ल ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष मल्ल अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

महाशिला गाउँपालिका वडा नं. ४ मा जम्मा बजेट पालिकाबाट १ करोड र प्रदेशबाट २० लाख वजेट विनियोजन गएिको वडा अध्यक्ष पुर्ण बहादुर मल्लले जानकारी दिनुभयो ।

वडा अध्यक्ष मल्ल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ७० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष मल्ल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेको योजना मध्ये ९० प्रतिशत योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मल्लले बताउनुभयोे ।

वडा अध्यक्ष मल्लले भन्नुभयो, ‘ वडाबाट पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र बाटोलाई दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, बाटो चौडा बनाउने, ढलान गर्ने र नयाँ ट्रयाक खोल्ने कामहरु गरिएको छ । ‘

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुलाई वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु सहजै दिईरहेको उहाँले बताउनुभयो ।

त्यस्तै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गरेको र कक्षा १ देखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट अध्यापन गर्ने व्यवस्था गरेको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

त्यसै गरी खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा धारा पुराउनको लागि वडाको पहलबाट बृहत रुपमा कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि टनेलको वितरण गरेको, कृषि पकेटको निमार्ण गरेको, कृषि सम्बन्धि तालिमको व्यवस्था गरेको र आधुनिक कृषि औजाररुहरु वितरण गरेका छौ । ‘

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै रोजगारीमुलक विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई तालिम, ढाका बनाउने तालिम र डल बनाउने तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष मल्लले प्रष्ट पार्नुभयो ।

युवाहरुलाई लक्षित गर्दै विभिन्न रोजगारमुलक तालिमहरु सञ्चालन गरेर रोजगारीका अवसरहरु सृजना गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष पुर्ण बहादुर मल्लले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon