वडामा शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष सावाँ

Share Icon

१७ माघ , काठमाडाैँ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सदन कुमार सावा ।
वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष सावा अहोरात्र खटिरहनु भएको छ ।

उहाले भन्नुभयाे, ” सामाजिक सुरक्षा लिन र दिनबाट बन्चित भएकाहरुलाई पहल गरेको वडा अध्यक्ष सदन कुमार सावा भन्नुभयो । ”
खेलकुद, समाजमा भएको घटनाहरु नारीदिवस, मठ मन्दिरको लागि थुप्रो काम हरुको लागि बजेट छुटटाएकाे उहाँले बताउँनु भयो ।

मधेश प्रदेश ताप्लेजुङ जिल्लामा अवस्थित मिक्वाखोला गाउँपालिका वडा नं.४ का सदन कुमार सावा ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सावा ले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

वडा अध्यक्ष साबा भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

उहाँले भन्नुभयो, “हामीले नयाँ योजनाका विकास निर्माणका कामहरु उपभोक्ता समिती माफर््त काम सुरु भएको र बाँकी रहेको योजनाहरुलाई अनुभव गरेर टोल विकास र उपभोक्ता समिती मार्फत गर्ने तयारीमा छौँ । ”

वडामा शिक्षा, स्वास्थ्य र कृषीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तिव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
उहाँले कतिपय योजनाहरु सम्झौता भइसकेको र अबको केही समयमा काम पनि सुरु हुने जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष सावा ले भन्नुभयाे, “ म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई अरु वडा भन्दा अब्बल बनाउने लक्ष्य राखेको छु ।”
वडा अध्यक्ष सावा भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई स्वच्छ्, सफा, सुन्दर बनाउनुका साथै जनताले चाहेका अपेक्षाहरु पुरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.