वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : अध्यक्ष गुरुङ
९ माघ, काठमाडाैं । गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बल ब. गुरुङले बताउनुभयो ।
स्थानिय तहको निर्वाचन पश्चात वडामा स्वास्थ्य ,शिक्षा, कृषि, खानेपानि, सरसफाई, बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
विभिन्न कारणले योजनाहरु सम्पन्न गर्न नसकिएको उहाँले बताउनुभयो । त्यस्तै खानेपानिको क्षेत्रमा घर घरमा धारा पुराउनको लागि बृहत रुपमा कामहरु भईरहेको छ ।
त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजनाहरु सम्पन्न गर्नको लागि तिब्ब्र गतिमा कामहरु सञ्चालन भईरहेका छन ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
। वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







