वडाबासीहरुकाे समस्या समाधान गर्न लागी परेका छाैं :अध्यक्ष थिङ

Share Icon

८ माघ, काठमाडाैं।  सिन्धुली जिल्ला हरीहरपुरगढी गाउँपालीका वडा नं १,का वडा अध्यक्ष जित बहादुर थिङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्त गरी बिजयी हुनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनपछी वडामा वडाबाट दिने दैनिकी सेवा जस्तै सिफारीस , घट्ना दर्ताका कामहरु , पञ्जीकरणका कामहरु र गाउँपालीकाबाट आएको वार्षीक बजेट बाडँफाडँ गरेर कामहरु सुरु गरीएको अध्यक्ष थिङले बताउनुभएको छ् ।

अध्यक्ष थिङ भन्नुहुन्छ, वडा नं १ दुर्गम रहेको र जनताको मागमा यो वर्षको वार्षीक बजेट अनुसार विशेष ग्राहेता सडकलाईर कुषी क्षेत्रलाई पनी वडा र पालिका दुवै तहबाट प्राथमिकता दिएको बताउनुभएको छ ।

त्यसैगरी महीलाको लागी लैङगिक समानता सम्बन्धी कार्यक्रम राखेको र युवाको लागी भने कुनै पनी कार्यक्रम नरहेको बताउनुभयो ।

त्यसैगरी शिक्षा क्षेत्रमा वडाका विद्यालयहरु डामाडोल रहेको बताउनुभएको छ, अधिकाशं विद्यालयहरुमा शिक्षक हुने विद्यार्थी नहुने, विद्यार्थी हुने शिक्षक नहुने समस्या रहेको र विद्यालयहरुको भौतिक वातावरण पनी लथालिङ्ग रहेको अध्यक्ष थिङले बताउनुभयो ।

त्यसैलाई मध्यनजर गर्दै पालिकाबाट दिएको बजेट र पालिकाको अनुदान अनुसार समस्याहरुलाई व्यवस्थापन गर्ने बताउनुभएको छ ।

अध्यक्ष थिङ भन्नुहुन्छ, आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको बताउनुभएको छ, उहाँले पालिकाको वडाहरु मध्ये आफु मात्र एमाले पार्टीबाट निर्वाचित भएकोले कामहरु गर्न असहज भएको जानकारी दिनुभएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.