सुन्दर र समृद्धि वडा बनाउने अध्यक्ष बराल

Share Icon

८माघ, काठमाडाैं।  सिन्धुली जिल्ला गोलन्जोर गाउँपालीका वडा नं १, का वडा अध्यक्ष सोम प्रसाद बराल ।

उहाँ भन्नुहुन्छ, ‘गोलन्जोर गाउँपालीका मध्ये वडा नं १ धेरै विकट वडा होे जहाँ अहीले सम्म बिजुली बत्ती, सडक सबै टोलमा पुगेको छैन र हामी गाउँ बस्ती टोल स्तरबाट योजना तर्जुमा गरेर केही सामान्य कार्यक्रम माग राखेको छ।’

उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडाविकास र जनताको हितका लागी धेरै कामहरु गर्दै आउनुभएको छ् जस्तै वर्षामा बगाएको कच्ची सडक सरसफाई गरेर सञ्चालनमा ल्याउने।

,विद्यालयका भत्केका पर्खालहरु निर्माण गर्ने ,वडाबाट दैनिकी दिने सेवा जस्तै घटना दर्ता सिफारिस र पञ्जीकरणका जस्ता सेवाहरु प्रदान गर्दै आएको र पशुपालन सम्बन्धी बाख्रा फर्म दर्ता गर्ने प्रक्रिया जस्ता कामहरु चलिरहेको बताउनुभएको छ।

वडा नं १ मा कृषि सिचाई, खानेपानी र सडकमा एकदमै समस्या रहेकोले यो वर्षविशेष ग्राहेता पनी ग्रामीण सडक ,कृषी सिंचाई र खानेपानीमा नै जोड दिएको अध्यक्ष बरालले बताउनुभयो।

त्यसैगरी युवाकोलागी केन्द्रबाट प्रधानमन्त्री स्वरोजगार तालिम दिने र छनोट भने वडा बाट गर्ने बताउनु भएको छ र महिलाको लागि गाउँपालिकाको सहायकबाट लघु उद्यम समुह अन्तर्गत बाँसको मुडा बनाउने कार्यक्रम रहेको र राम्रो आय आर्जन गरेको पनि अध्यक्ष बरालले बताउनुभएको छ्।

त्यसैगरी शिक्षा क्षेत्रमा पठन पाठनको अनुगमन गर्ने, विद्यालय व्यवस्थापन समितिलाई आवश्यक समान उपलब्ध गराउने, वडामा रहेको आपसी विद्यालयहरुको प्र. अ. सगँ पठन पाठन सुधार गर्न सुझाव र समन्वय गोष्ठी गर्ने र पूर्वाधार निर्माणको लागि बजेट छुट्याइएको पनि अध्यक्ष बरालले बताउनुभयो।

उहाँले आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई पूर्वाधारको विकास गर्ने सबै ठाउँमा सडक पुर्याउने, खानेपानी, विद्युत टोल टोलमा पुर्याउने र कृषकको लागी मल समयमा नपुगेर समस्या भएको छ त्यसलाई पनी समाधान गर्ने र आफ्नो वडालाई सुन्दर र समृद्धिको विकास तर्फ लैजाने लक्ष्य रहेको अध्यक्ष बरालले बताउनुभयो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.