Share Icon

♥ हस्ता विष्ट
३ चैत्र, काठमाडाैँ । भिरालो धरातलिय स्वरुपले बनेको यस गाउँ देखि ३०० मीटर देखि १००० मिटर सम्मको उचाईमा फैलिएर रहेको छ । यस गा.वि.स. को कुल क्षेत्रफल करिब १२६ वर्ग किलोमीटर रहेको छ । विश्व मानचित्रम यो गाउँ विकास समिति २७’ ७०’ ६” देखि २७’ ५८’ ४८” सम्मको उत्तरी अक्षांस र ८४’ ०१’ २१” देखि ८४’ ०५’ १.०४” पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ ।

यो पाश्र्वचित्र तयार गर्दा साविक गजरकोट गा.वि.स.को वडा नं.२,४,५,६,७ र घिरिङ्ग सुन्धारा गा.वि.स को वडा नं. ३ को तथ्यांकहरु संकलन गरि हालको वडा नं. १ निर्माण भएको छ, साविक गजरकोट गा.वि.स.को वडा नं. १,३,८ र घिरिङ्ग सुन्धाराको २,८,९ गरि हालको वडा नं. २ निर्माण भएको, साविक घिरिङ्ग सुन्धाराको वडा नं. ४,५,६,७ साभुङ्ग भगवतीपुरको ८ र माझकोटको ६ गरि हालको वडा नं. ३ निर्माण भएको, साविक घिरिङ्ग सुन्धारा १, राम्जाकोट ९ र साभुङ्ग भगवतीपुर गा।वि।स १,५,९ गरि वडा नं. ४ निर्माण भएको र साविक साभुङ्ग भगवतीपुर गा.वि.स.को वडा नं. ३,४,६ र ७ गरि वडा नं. ५ नयाँ वडाहरु निर्माण भएको हो ।

यसरी यो गाउँपालिका साविक गजरकोट गा।वि।सको ८ वटा वडा, साभुङ्ग भगवतीपुर गा।वि।स को ८ वटा वडा घिरिङ्ग सुन्धाराको ९ वडा, राम्जाकोट गा.वि.स.को १ वटा वडा, माझकोट गा.वि.स.को १ वटा वडा मिलि बनेको छ । यस गाउँपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका, पशिचममा पाल्पा र स्यांजा जिल्ला, उत्तर भिमाद ना.पा. र स्यांजा जिल्ला र दक्षिणमा नवलपरासी र पाल्पा जिल्ला पर्दछन् ।

राजनैतिक विभाजनका हिसाबले या गाउँ विकास समिति जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा र इलाका नं. ९ अन्तरगत रहेको छ । यस गाउँ विकास समितिको प्रशासनिक कार्य साविक वडा नं. ६ र हालको वडा नं. ३ मा रहेको गाउँ विकास समितिको कार्यालयबाट हुने गरेको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित घिरिङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष भिम बहादुर कुमालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

घिरिङ गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भिम बहादुर कुमाल ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष कुमाल अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष कमाल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ । ”

वडा अध्यक्ष भिम बहादुर कुमाल निर्वाचित हुनुभन्दा पहिले कृषि पेसामा आबद्ध भएर निरन्तर समाज सेवामा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

घिरिङ गाउँपालिका वडा नं. ४ मा पालिकाबाट जम्मा बजेट ९४ लाख ५० हजार, र बजेट विनियोजन गरिएको वडा अध्यक्ष भिम बहादुर कुमालले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कुमालले बताउनुभयोे ।

वडा अध्यक्ष कुमालले भन्नुभयो, ”  वडामा सडकलाई पहिलो प्राथमिकता दिए साथसाथै बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, कुनै बाटो ढलान गर्ने योजनामा रहेको छ । “

त्यसै गरी खानेपानीको क्षेत्रमा अधिकांश वडाबासीहरुको घर घरमा धारा पुराईसकेको र केहि नपुगेको घरमा पुराउनको लागि तीव्र गतिमा कामहरु भईरहेको छ ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयको मर्मत सम्भार गर्ने र घेराबार लगाउनको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गराईरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु मुढा बनाउने लगाएत अन्य तालिमहरुको व्यवस्था गरेका छौ । “

वडा अध्यक्ष रन बहादुर थापाले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon