Share Icon

२ माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला  मरिण गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष जित बहादुर श्रेष्ठले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो ।

निर्वाचीत भएर आएपछि मरिन गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष श्रेष्ठले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ ।

वडामा रहेका वृदवृदा, असक्त र अपाङ्गहरुको सहजताकालागी बैङक सगँ समन्वय गरेर सम्पुर्ण भत्ताहरु वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अहिले वडामा योजनाका कामहरु जस्र्तै सडक निमार्ण तथा मर्मत साथै शिक्षा,सामुदायीक वन र सहकारी सस्थां तर्फ सक्रिय पारदर्शिता बनाउन बिशेष ध्यान दिएको बताउनुभयो ।

समग्रमा उहाँले भन्नुभयो, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको समाधानको लागि योजनाहरू अघि बढाइएको छ ।’

उहाँले भन्नुभयो, ‘हामीले विशेष प्राथमिक्ता वडामा रहेका वडाबासीहरुलाई सभ्य हुन सिकाउने, नियम नितीमा अब्बल बनाउने, हरेक सघं सस्थांहरु, क्लबहरु, सामुदायीक वनहरु सबैलाई ट्र्याकमा ल्याएर आउने दिनहरुमा युवा रोजगाारकोलागी सिर्जना गराउने योजना रहेको छ।’

त्यसैगरी महिलाकोलागी सिप मुलक कार्यक्रमकोलागी बजेट विनीयोजन गरेको र युवाहरुको लागी भने के गर्दा रोजगारको अवसर हुन्छ भन्ने विषयमा छलफल भईरहेको श्रेष्ठले बताउनुभयो ।

शिक्षा क्षेत्र तर्फ भने गाउँपालिकाबाटै एकमुस्ट बजेट छुट्याएर पालिकाले नै काम गर्ने बताउनुभयो र वडाबाट भने वालविकासका विद्यालयहरुलाई बजेट छुट्याएर व्यवस्थित बनाउने उहाँले बताउनुभयो ।

त्यसैगरी कृषी क्षेत्रमा भने कृषकहरुका लागी कुषी औजार किन्न अनुदान दिने र कृषी सम्बन्धी, पशुपन्छी सम्बन्धी तालीमहरुको लागी पनी बजेट विनीयोजन गरीएको श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ,’आफ्नो कार्यकाल भित्र आफ्नो वडालाईबाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना बद्ध रुपमा विकास गर्ने, समग्रमा चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर युवाहरुलाई रोजगारी बनाउने लक्ष्य रहेको छ ।’

Facebook Comments Box

Share Icon