Share Icon

♣ध्रुब कार्की

१ चैत्र, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ ।

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. १२ साबिक टिष्टुङ गाउँ विकास समिति वडाहरु ४,६,७, ८ र ९ मिलेर बनेको छ । यहाँको जनसंख्या ३८८८ रहेको छ । जस अन्तर्गत महिला १९६३ पुरुष १९२५ छन् ।

थाहा नगरपालिका स्थित १२ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा टिकाराम स्याङतान निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ टिकाराम स्याङतान, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

थाहा नगरपालिका वडा नम्बर १२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष टिकाराम स्याङतान ।

वडा अध्यक्ष स्याङतानले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष स्याङतानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर १२ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँले बताउनुभयो ।

वडामा खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष स्याङतानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेसँगै दुई वर्ष भित्रमा खानेपानीलाई लिफ्टिङ गरेर वडामा एक घर एक धारा निमार्ण सम्पन्न गर्ने उद्देश्यले च्वाईस नेपालसँगको सहकार्यमा वडामा बृहत रुपमा काम गरीरहेका छौँ ।”

त्यसैगरी वडावासीहरुलाई कृषि तथा पशुपालनको क्षेत्रमा प्रोत्साहन गर्दै बेरोजगार तथा रोजगारका लागि विदेशीएका युवाहरुलाई केन्द्रित गरेर टोल टोलमा समितीहरु गठन गरेर वडामा कृषि क्षेत्रलाई व्यवसायीकरण बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

उहाँले पशुपालनको क्षेत्रमा पन्ध्र वटा भन्दा बढी बाख्रा पाल्ने किसानहरुलाई गोठ सुधार गर्ने र पचास वटा भन्दा बाख्रा पाल्ने किसानहरुलाई वडाले केही आर्थिक सहयोग गर्ने योजना रहेको बताउनुभयो ।

अध्यक्ष स्याङतानले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर आवश्यकताअनुसार संघिय सरकार सँग बजेट माग गर्दै सडकहरुलाई व्यवस्थीकरण गर्न प्रदेश सरकारलाई जिम्मा दिने योजना बनाएका छौँ ।”

त्यसैगरी गर्भवती महिलाहरुको सहजताको लागी वडामा बर्थिङ सेन्टर व्यवस्था गर्दै सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष स्याङतानले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुबाट शिक्षामा निरन्तर गुणस्तरीय शिक्षा दिन विभिन्न अभियान तथा कार्यक्रमहरु सम्पन्न गर्दै विद्यालयहरुलाई कम्प्युटर तथा प्रिन्टरहरु वितरण गरेसँगै विद्यालय र वडाको गतिवीधीहरु कम्प्युटर माफ्र्त गर्ने व्यवस्था गरेका छौँ ।”

त्यसैगरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडा, नगर तथा जिल्ला स्तरीय खेलकुद फुटबल, भलिबल, कराँते खेलहरु योजनामा समेटेसँगै केही सम्पन्न भएको र केही बाकीँ रहेको उहाँले बताउनुभयो ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौँ । जे होस् अरूभन्दा १२ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष स्याङतानले बताउनुभयो ।

वडा अध्यक्ष स्याङतानले भन्नुभयो, ‘वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।’

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

१२ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर १२ का अध्यक्ष स्याङतानले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १२ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १२ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।

Facebook Comments Box

Share Icon