Share Icon

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्षश्रेष्ठ वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ ।

श्रेष्ठ नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ ।

गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेकाे देखेपछि वडावासी खुसी देखिएका छन्। अहिले वडा आँध्याराे मुक्त बनाउन वडा कार्यालय सफल भएकाे छ ।

वडा कार्यालय जनताको नजिकको स्थानीय सरकार हो। जनताको समस्या समाधान गर्न पहिलो भुमिका स्थानीय सरकारको रूपमा रहेकाे वडा कार्यालयकाे नै हुन्छ । वडा कार्यालयमा जनताले आफ्ना कुरा सजिलै राख्न सक्छन्।

त्यसमा पनि वडा कार्यालय वडावासीको नजिक हुन्छ । वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । त्यस्तै वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा वडा अध्यक्ष श्रेष्ठसँग गरिएकाे कुराकानीकाे सम्पादित अशं:

वडाको मुहार फेर्ने विकासका आधारहरु के-के हुन् ?

हामीलाई काठमाडाैं महानगरपालिकाबाट जसरी वार्षिक बजेट आउँछ, साेही अनुसार कामहरू अगाडि बढाउँछाैँ । वडा कार्यालयले पूर्वाधार विकासलाई निरन्तरता दिइरहेकाे छ । अहिले गल्ली-गल्लीमा पीच भइरहेकाे छ । साथै सडक पेटीमा ब्लक बिछ्याउने काम भइरहेकाे छ । अहिले वडा आँध्याराे मुक्त बनाउन वडा कार्यालय केही हदसम्म सफल  भएकाे छ ।

निर्वाचनको बेलामा जनतासँग जे प्रतिबद्धता गर्नु भएको थियो, त्यो अनुसार काम भइरहेको छ की नाइ ?

वडावासीसँग हामीले गरेका प्रतिबद्धताअनुसार काम गर्न सकेका छैनाै । किनभने अहिले मेलम्ची खानेपानी आयाेजनाले ठाउँ ठाउँमा खन्नुका साथै विद्युत प्राधिकरणले अन्डरग्राउन्ड तार बिच्छाउनले विकासकाे काममा अवराेध भएकाे छ ।

वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता याेजना आएकाे छ ?

केन्द्र र प्रदेश सरकारकाे बजेट हामीलाई आवश्यक छैन । किनभने हामीलाई महानगरकाे बजेट नै प्रायाप्त छ । केन्द्र र प्रदेश सरकारबाट कुनै याेजना तथा बजेट हाम्राे वडा आएकाे छैन । केन्द्रबाट अहिले हाम्राे वडामा मेलम्ची र विद्युत प्राधिकरणकाे काम भइरहेकाे छ ।

वडाकाे सम्भावना र चुनाैतीहरू के के छन् ?

वडाकाे विकास गर्न सम्भावना धेरै छन्, त्यसका साथ साथै चुनाैतीहरू पनि छन् । हामीले चुनाैतीकाे सामना गरिरहेका छाैँ । विकास गर्ने क्रममा चुनाैती पक्कै पनि आउँछ ।  अहिले खासै चुनाैती छैन ।

Facebook Comments Box

Share Icon