‘यस वडामा रहेकाे स्वयम्भू स्तुपा विश्व सम्पदा सूचीमा सूचीकृत भएकाेले वडाकाे थप विकास गर्न मास्टर प्लान बनाइरहेका छाैँ’(भिडियाेसहित)
बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष इश्वरमान डंगाेल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष डंगाेल वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ ।
डंगाेल नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ ।
गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेकाे देखेपछि वडावासी खुसी देखिएका छन्। यस वडामा रहेकाे स्वयम्भू स्तुपा विश्व सम्पदा सूचीमा सूचीकृत भएकाेले वडाकाे थप विकास गर्न मास्टर प्लान बनाइरहेका छाैँ।
वडा कार्यालय जनताको नजिकको स्थानीय सरकार हो। जनताको समस्या समाधान गर्न पहिलो भुमिका स्थानीय सरकारको रूपमा रहेकाे वडा कार्यालयकाे नै हुन्छ । वडा कार्यालयमा जनताले आफ्ना कुरा सजिलै राख्न सक्छन्।
त्यसमा पनि वडा कार्यालय वडावासीको नजिक हुन्छ । वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । त्यस्तै वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा वडा अध्यक्ष डंगाेलसँग गरिएकाे कुराकानीकाे सम्पादित अशं:
वडाको मुहार फेर्ने विकासका आधारहरु के-के हुन् ?
३२ वटा वडा मध्ये वडा नं. १५ फरक वडाकाे रूपमा पहिचान बनाएकाे छ । याे वडामा स्वयम्भू स्तुपा पर्ने भएकाेले उक्त स्वयम्भू स्तुपा विश्व सम्पदामा सूचीमा सूचीकृत छ । जसले वडालाई विकासकाे दृष्टिकाेण थप परिचित बनाएकाे छ । त्यसकारण याे बुद्धकाे शान्तिकाे स्थलकाे रूपमा परिचित याे ठाउँ एउटा धार्मिक, सांस्कृतिक महत्व बाेकेकाे छ । याे वडामा थप पर्यटक भित्र्याउनकाे पर्यटक विकासमा विशेष जाेड दिएका छाैँ । याे वडामा रहेकाे स्वयम्भू स्तुपा महा चैतन्य विश्व सम्पदा सूचीमा सूचीकृत भएकाेले नेपालकाे मात्र नभइ विश्वकाे एउटा आकर्षण केन्द्र पनि हाे । यस वडामा रहेकाे स्वयम्भू स्तुपा विश्व सम्पदा सूचीमा सूचीकृत भएकाेले वडाकाे थप विकास गर्न मास्टर प्लान बनाइरहेका छाैँ
निर्वाचनको बेलामा जनतासँग जे प्रतिबद्धता गर्नु भएको थियो, त्यो अनुसार काम भइरहेको छ की नाइ ?
निर्वाचनकाे बेला वडावासीमा हामीले गरेका प्रतिबद्धताहरू शिक्षा, स्वास्थ्य, खानेपानी र हरियालीलाई जाेड दिएका छाैँ । र हामी त्यस बेलामा चमती आयाेजना सम्पन्न गर्ने प्रतिबद्धता गरेका थियाैँ, त्याे अहिले सम्पन्न भइसकेकाे छ । एउटा विश्व सम्पदा सूचीमा सूचीकृत मास्टर प्लान बनाउने भनेर जुन हामी याेजना बनाएका छाैँ, त्याे काम अहिले अगाडि बढिरहेकाे छ । याे नागरिकहरूकाे लागि स्वास्थ सहज पहँच पुर्याउने जुन प्रतिबद्धता गरेका थियाैँ, त्याे काम अहिले द्रुत गतिमा भइरहेकाे छ ।
प्रतिबद्धताअनुसार वडामा धमाधम काम भइरहेकाे छ, हामी टाेल टाेलमा गएर वडावासीकाे मागअनुसार याेजना बनाउँछाै र त्यहीअनुसारकाे कामलाई निरन्तरता दिइरहेका छाैँ । कमी कमजाेरी भएका याेजनाहरूमा पनि सुधार गरेर अगाडि बढिरहेका छाैँ ।
वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता याेजना आएकाे छ ?
केन्द्र र प्रदेश सरकारबाट खासै त्यति ठुला याेजनाहरू छैन । विशेष गरेर याे वडा महानगरभित्र परेकाे हुनाले समग्र महानगरकाे विकासमा विशेष जाेड दिएका छाैँ । केही छिटपुट साना-साना याेजनाहरू केन्द्र र प्रदेश सरकारबाट आएकाे छ । प्रदेश सरकारबाट धार्मिक क्षेत्रमा हरियाली कायम गर्न याेजना आएकाे छ ।
वडाकाे सम्भावना र चुनाैतीहरू के के छन् ?
वडाकाे विकास गर्न सम्भावना धेरै छन्, त्यसका साथ साथै चुनाैतीहरू पनि छन् । हामीले चुनाैतीकाे सामना गरिरहेका छाैँ । विकास गर्ने क्रममा चुनाैती पक्कै पनि आउँछ । अब मुख्य कुरा धुलाे मुक्त काठमाडाैँ भनिरहेका छाैँ, तर बनाउन सकेका छैनाै, याे हाम्राे लागि चुनाैती हाे । मेलम्ची खानेपानी आयाेजना र विद्युत प्राधिकरणले पाइप तथा तार बछ्याउने क्रममा सडक खानेर छाेड दिँदा हाम्राे लागि चुनाैती बनेकाे छ । किन भने यसले सडकलाई धुलाे र हिलाेकाे रूपमा परिणत गर्छ र वडावासीलाई हिँडडुल गर्न समस्या हुन्छ ।
काम गर्ने क्रममा अन्य राजनीतिक दलकाे साथ र सहयाेग कतिकाे हुन्छ ?
लाेकतन्त्र, बहुदल हामीले नै ल्याएका हाैँ, त्यसकारण विभिन्न विचार बिचमा राम्राे काम हुन्छ । विकास निर्माणका क्रममा अन्य राजनीतिक दलकाे साथ र सहयाेग अहिलेसम्म पूर्ण रूपमा भइरहेकाे छ । हामी सबै राजनीतिक दलसँग छलफल गर्छाैँ, र कहाँ-के गर्नुपर्छ भनेर हामी एक ठाउँमा बसेर छलफल गरेर निष्कर्षमा पुग्छाैँ ।
तपाई निर्वाचित भएर आएपछि बुँदागत रूपमा वडामा कुन-कुन क्षेत्रमा विकास भएकाे छ ?
वडाभित्र हरियाली काय गर्न सक्याैँ, स्मार्ट सार्वजनिक शाैचालय निर्माण भएकाे छ र १०/१२ वटा हेर्न लायक पार्कहरू निर्माण गरेका छाैँ । त्यस्तै स्वास्थमा सबैकाे पहुँच हाेस् भन्ने उद्देश्यले सामुदायिक अस्पताल बनाउने अवधारणामा अगाडि बढिरहेका छाैँ ।