महिलाले केही गर्न सक्दैनन् भन्ने भ्रम चिचेर अघि बढ्दै वडा अध्यक्ष रावत
१३ चैत्र, काठमाडाैं । नेपालको ५ नं. प्रदेशस्थित प्युठान नगरपालिका वडा नम्बर १ मा प्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको वडा अध्यक्ष साधना रावत ।
महिला उम्मेदवारहरुको चर्चा संगै प्युठान नगरपालिकाको १ नं. वडामा साधना रावतले अध्यक्ष पदमा लागि टिकट हात पार्नभएको थियो । २५ वर्ष शिक्षण पेशामा आवद्ध रहेर काम गर्नुभएको भण्डारीले वडाअध्यक्ष पदमा विजयी पनि हुनुभयो । प्युठान नगरपालिका वडा नम्बर १ साधना रावत प्युठानमा रहेका १० वडाकी एक्ली महिला वडा अध्यक्ष हुनुहुन्छ ।
रावतले निर्वाचित भएको १० महिनाको अवधिमा काम पनि नमुना गर्नुभएको छ । नेपाली समाजमा महिला भएकै कारण उनीहरुलाई अवसरबाट बञ्चित गरिन्छ, महिलाले कमैै मात्रमा काम गर्ने अवसर पाएका छन् । ’ उहाँ भन्नुहुन्छ । ‘महिलाले जिम्मेवारी पाएको ठाउँमा पुरुषभन्दा राम्रो काम गरेर देखाएका थुपै्र उदाहरणहरु छन् ।’
अन्य वडाहरु बजेट कार्यान्वयनमा अलमलिइरहेका बेला रावत नेतृत्वको वडाले भने बिनियोजित बजेटको व्यवस्थित योजना तयार पारी काम सुरु गरिसकेको छ ।
उहाँले निर्वाध रुपमा काम सञ्चालन गरिरहनु भएको छ । योजना छनोटदेखि कार्यान्वयनसम्म कुनै विवाद देखिएन । ‘काम गर्ने क्रममा सबैको साथ र सहयोग मिलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘यसले पनि मलाई काम गर्न थप हौसला प्रदान भएको छ ।
सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष रावतले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।
१ नम्बर वडामा खानेपानी स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर १ का अध्यक्ष रावतले बताउनुभयो।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा १ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष रावतले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘ वडामा पहिलो प्रथमिकता कृषीलाई दिएर अन्य स्वास्थ्य,शिक्षा, सडक , खानेपानी आदिलाई केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’
वडामा उहाँको काम गर्ने शैलीबाट प्रभावित छन् । ‘पुरुष वडाध्यक्ष भएका वडाको तुलनामा हाम्रो वडामा राम्रो काम भएको छ, लगनशीलता र क्षमताले महिलाले केही गर्न सक्दैनन् भन्ने भ्रम च्यातिदिएको छ ।’ काममा रातदिन खटिने स्वभावले अरुलाई पनि हौसला दिने गरेको बताउने गरेको वडा अध्यक्ष रावतले बताउनुभयो ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।
चालु आर्थिक वर्षमा वर्खे बजेट जम्मा ३९ लाख रहेको छ । जसमध्य धेरै बजेट माझाघर डुग्रेङखोला मधुखोला जुकेखोला देउराली खोरपाटा जोड्ने मो.बा निर्माणमा ५ लाख छेट्याएको बताउनुभयो । साथै हिउँदे नगर सभाबाट ३५ लाख बजेट बिनियोजन गरिएको वडा सचिव सम्झना गिरीले जानकारी दिनुभयो ।







