समग्र वडाकाे विकासलाई अघि बढाउँदै अध्यक्ष डाँगी

Share Icon

११ पाैष, काठमाडाैं ।  सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं.४ का वडा अध्यक्ष रामबहादुर डाँगीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडामा स्वास्थ्य,शिक्षा, खानेपानि,सरसफाई, सिचाई, बाटो सडक, कृषि तथा बिजुल्लि बत्तिको क्षेत्रमा राम्रो काम भएको वडा अध्यक्ष डाँगीले बताउनुभयो ।

त्यस्तै स्थानियतहको निर्वाचनभएर आएपछि वडामा खानेपानि,सिचाई, कृषि, बाटो सडक तथा सांस्कृतिक क्षेत्रमापनि राम्रो विकास भएको उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा कामगर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डाँगीले बताउनुभयो ।

उहाँ सबै वडाबासीको मन मुटुमा सजिलै बस्न सफल वडा अध्यक्ष हुनुहुन्छ । शिक्षा, स्वास्थ्य,खानेपानि,सरसफाई, बाटो सडक,सिचाई तथा कृषिलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो। शिक्षा क्षेत्रको लागिचार वटा विद्यालयमा पङखा जडान गरेको र विपन्न वर्गका बालबालिकाहरुलाई निशुल्क झोला,कपि,शिक्षण सामाग्री वितरण गरेके उहाँले बताउनुभयो ।

त्यस्तै वडामा लैंगिक विभेद सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको वडा अध्यक्ष डाँगीले बताउनुभयो । कृषि क्षेत्रको लागि खेत जोत्ने मेसिन र घास काट्ने मेसिन उपलब्ध गराएको उहाँले बताउनुभयो । वडा नं.४ जनसंख्याको हिसाबले ठुलो वडा रहेकोले यस वडालाई सहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको उहाँले जानकारी दिनुभयो।

त्यस्तै वडामा युवाहरुको लागि वडा स्तरीय खेलकुदमाजोड दिएको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रको लागि निशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको वडा अध्यक्ष डाँगीले बताउनुभयो । कर्णाली प्रदेशसंग समन्नय गरेर लिप्टिङ खानेपानि सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

उहाँले स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेटेर निरन्तर काम अगाडि बढाई रहेको उहाँले बताउनुभयो । अन्त्यमा उहाँले भन्नुभयाे, ‘जसरी जनताले मलाई अमुल्य भोट दिएर विश्वास गरेर जिताउनुभयो त्यसरी नै जनताको विश्वास टुट्न दिने छैन । सदैव वडाको चौतर्फी विकासको लागिलागि पर्ने छु ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.