Share Icon

२५ माघ, काठमाडाैं । ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका वडा नंं.५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अम्वर बहादुर लिम्बु ।

यस अघिको २०७४ सालको कार्यकाल पनि अम्वर बहादुर लिम्बुको भएको विकास र जनले लिम्बुलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ ।

अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् ।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ ।

उहाँ थप्दै भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।”

उहाँले समग्रमा वडा भवन, शिक्ष, स्वास्थ्य, कृषी, खानेपानि,सिचाई, सडक,  लगाएतका कामहरू भयको तथा अरू कामहरू भईरहेकाे बताउनुभयो ।

बाख्राकाे खाेर व्यवस्थित बनाउनका लागी अनुदान दिएकाे साथै उन्नत जातका बाख्रा तथा बाख्राका पाठा, बाेका बितरण गरेकाे वडा अध्यक्ष अम्वर बहादुर लिम्बुले जानकारी दिनुभयाे ।

यस वडामा लिम्बुहरूकाे बाहुल्यता भएकाे कारणले स्थानियस्तरमा लिम्बु भाषामा वडामा भएका ६,७ ओटा विद्यालयमा लिम्बुभाषाबाट पठन, पाठन सन्चालन समेत गरेको वडा अध्यक्ष लिम्बुले बताउनुभयाे ।

वडा अध्यक्ष अम्वर बहादुर लिम्बु भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुने अववस्थामा छ ।”

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष अम्वर बहादुर लिम्बुले बताउनुभयो ।

वडा अध्यक्ष अम्वर बहादुर लिम्बुेले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, ‘म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु सायद यसै कारण जनताले मलाई  पुन निर्वाचित गर्नुभएकाे छ । यसरी नै वडाबासीकाे सेवामा निरन्तर लागी रहेने छु । ‘

उहाँले भन्नुभयो, “ हामीले वडामा विशेष प्राथमिकता शिक्षा र कृषी लाई दिदैँ वडा नम्बर ५ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

अध्यक्ष लिम्बु भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अघिल्लो कार्यकालमा पनि वडाका कामहरु गरेकोले हाल कामहरु गर्न कुनै कठिनाई नभएको र पहिला झै उत्साहका साथ काम गर्ने र जनताको सेवक भएर सेवागर्ने अठोट सगैं जनतालाई गरेको बाचाबाट निराश हुन नदिने बताउनुभयो ।

Facebook Comments Box

Share Icon