वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष थापा
२५ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.४ का वडा अध्यक्षय यम ब. थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिपक थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा कृषिलाई मध्यनजर गर्दै बाख्रा, खसीलाई दाना पेल्ने मेसिन वितरण गरेको, बालुवा गिट्टी पेलेर ब्लक बनाउने मेसिन ल्याएर काम सुचारु गर्ने तयारीमा रहेको छ । आयआर्जन गर्नको लागि विभिन्न झारपात कुहाएर मल बनाउन वायु माक्स हलको निमार्ण काम भईरहेको छ । ”
त्यस्तै गरी व्यावसायिक रुपमा खरायो पालन गरेर हातमा लगाउने क्रिम बनाउने , स्वरोजगारको लागि माहुरीहरुको घार बनाएर वितरण गर्ने र सिकर्मीको लागि काठ पेल्ने मेसिन वितरण गर्ने तयारीमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
बाटो सडकमा जनताको सहमतिमा बासको डिभाईडर बनाउने र बाटोको छेउ छेउमा घास रोप्ने काम गरेको उहाँले बताउनुभयो । शिक्षाको क्षेत्रमा कमाउदै पढ्दै गरेका विद्यार्थीहरु सनफलावर फुलहरु वितरण गर्ने र अन्य निकायबाट समन्वय गरेर जाडोको न्यानो लुगा र झोलाहरु वितरण गर्ने कामहरु गरेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यको क्षेत्रमा मुटु फाउनडेसन संस्थासंग समन्वय गरेर स्वास्थ्यका सम्पुर्ण सामाग्री उपलब्ध गराउने कुराहरु भईरहेको वडा अध्यक्ष थापाले बताउनुभयो । त्यस्तै गरी महिलाहरुलाई लक्षित गर्दै सि.टि.भि.बाट बिस जना महिलाहरुलाई ईभेन्ट कोर्स सम्पन्न गरेर अबको लगतै दोस्रो कोर्सको सुचारु गर्ने तयारीमा रहेको छ । वडाको चौतर्फी विकास गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ ।
उहाँले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको छौ ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







