आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष वि.क

Share Icon

२ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका स्थित ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा हरी बहादुर वि.क निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

अध्यक्ष वि.कले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष वि.कले बताउनुभयो ।

पछिल्लो समय त्रिपुरासुन्दरी गाउँपालिका स्थित ६ ले विकासको फड्को मारिहेको छ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर ६ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

अध्यक्ष वि.कले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा शिक्षा, स्वास्थ्य र खानेपानीलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

वडाबासीहरुलाई निशुल्क औषधी वितरण गर्ने योजनासँगै वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका आर्थीक अवस्था न्युन रहेका किसानहरुलाई मध्येनजर गर्दै पशुहरुको निशुल्क बिमा गर्ने कार्यक्रम अघि बढाएका छौँ ।”

उहाँले वडामा रहेका सडकहरुलाई अध्यन गरेर सडकहरुलाई व्यवस्थापन गरेर सडकहरुलाई मर्मत तथा स्तर उन्नती गर्ने योजना रहेको बताउनुभयो ।

हाल वडामा खानेपानीलाई मिटर प्रणालीमा लागु गरेसँगै बिजुली बत्तीको कामहरु भइरहेको वडा अध्यक्ष वि.कले जानकारी दिनुभयो ।

वडा अध्यक्ष वि.कले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

उहाँले वडामा कृषि र पशुपालनको सम्भावना रहेका खेतीयोग्य जमीनहरुको माटो परीक्षण गरेर डेमोको रुपमा कार्यक्रम तथा कार्यहरु अघि बढाउने बताउनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अघि राजनितीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ६ का अध्यक्ष वि.कले बताउनुभयो ।

वडा अध्यक्ष वि.कले भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.