सम्रग वडाको विकासमा लागिरहेको वडा अध्यक्ष चौधरी
२४ माघ, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा महेन्द्र प्रसाद चौधरी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा महेन्द्र प्रसाद चौधरीले बताउनुभयो।
४ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष महेन्द्र प्रसाद चौधरीले बताउनुभयो।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिक भएको कारणले जंगली जनावरको प्रकोप वडा नम्बर ४ मा बढि क्षति हुने गरेको साथै हिउँदे बाली किसानले खान नपाउने यसलाई रोक्न गाउँपालीका बाट र वडाबाट पहल गरेको मेसवायर जडान गरेको केही उपलब्धि मुलक भएको हातीलाई रोक्न नसकेको तर सानो जनावर भने रोकेको र पहिला भन्दा क्षति अलि कम भएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
वडा कार्यालयको कार्यभार अघि व्यवसाय र कृषि पेशामा आबद्ध रहनुभएका चौधरीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ ।
सडक तथा जंगली जनावरको प्रकोप मुख्य समस्या यस वडामा रहेकोे मेरो कार्यकालमा यी समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष चौधरीले वताउनुभयो।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







