Share Icon

२४ माघ, काठमाडाैँ । गाेरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष जंग बहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नंं.४ मा अहिले विकासले मुहार फेरिरहेको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष जंग बहादुर गुरुङ ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

उहाँले भन्नुभयो,  ” पुर्व कार्यकालका आधा अधुरा रहेका कामहरुलाई मध्यनजर गर्दै निरन्तर कामहरु अगाडि बढाइएको छ । ”

खानेपानीको क्षेत्रमा एक घर एक धारा पुराउनको लागि लगभग कामहरु अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । त्यस्तै गरी राष्ट्रिय प्रशारणको लाईन लगभग घरघरमा पुगिसकेको र बाकी रहेको कामहरु तीव्र गतिमा भईरहेको छ ।

वडामा बाटोलाई पहिलो प्राथमिकता दिए संगसंगै सडकको स्तरउन्नति गर्दै बारै महिना गाडि मोटर चलाउनको लागि बाटोको ग्राभेल गर्ने कामहरु सम्पन्न भईसकेको छ । कृषिको क्षेत्रमा कृषिलाई व्यावसायमुखिकरण बनाउने उद्देश्य रहेको उहाँले प्रष्ट पार्नुभयो ।

स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको उहाँले बताउनुभयो । त्यस्तै गरी वडामा धेरै योजनाहरु रहेका छन् । उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परिरहने छौ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon