Share Icon

हस्ता विष्ट
८वैशाख, काठमाडाैँ । विनयी त्रिवेणी गाउपालिका नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ । नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स ,धुरकोट ९६ वटा वडा ,राकाचुली ९४ वटा वडा र त्रिवेणी सुस्ता ९२ वटा वडा गा.वि.स हरु मिलाएर विनयी त्रिवेणी गाउपालिकाू घोषणा गरिएको हो ।

नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ । यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ ।

यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट ,उद्योग होंगशी शिवम सिमेन्ट ,उद्योग अवस्थित छ । यस गाउपालिकाको अन्य बिशेषताका रुपमा श्री दाउन्ने देवी मन्दिर,त्रिवेणीको गजेन्द्र मोछधाम ,मदरबाबा तिर्थस्थल रहेका छन,जसले आन्तरिक तथा बाहय तिर्थालु भक्तजनहरुलाई आकर्सण गर्ने गरेको छ ।

यस गाउपलिकामा विभिन्न जातजातिहरु जस्तै ब्राह्मण,छेत्री,मगर,थारू,गुरुङ,तामांग,नेवार,कुमाल ,परियार, बिश्वकर्मा , आदि बसोबास गर्छन्र यस्तै यस क्षेत्रको मुख्य चाडपर्वको रुपमा दशैं,तिहार, लोह्सर,माघी,होलि,आदि रहेको छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष उमेश कार्कीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष उमेश कार्की ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष कार्की अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ मा जम्मा बजेट पालिकाबाट ५० लाख विनियोजन गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

कार्की वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले व्यापार व्यावसायमा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयोे ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, ” वडामा शिक्षा,स्वास्थ्य तथा बाटोलाई पहिलो प्राथमिकता दिनुका साथै वडामा रहेका बाटोको स्तरउन्नति गर्ने र ग्राभेल गर्ने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यसै गरी कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न विउँ विजनहरु वितरण गरेको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा अध्यक्ष उमेश कार्कीले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon