घरभाडा नबढाउन सङ्घको अपिल

Share Icon

२१ जेठ,चितवन । व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो ।

सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको उसले जनाएको छ । आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालनरुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको सङ्घले जनाएको छ ।

सङ्घले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर÷सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारोे परेको उल्लेख गरेको छ ।

सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जारी गर्नुभएको अपिलमा भनिएको छ, “घर बहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न सङ्घले सबैमा अपिल गरेको छ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.