Share Icon

७कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ ।

मंगलबार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको हाे ।राष्ट्रपति कार्यालयका अनुसार मंगलबार दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी र सेनाका अधिकारीलाई राष्ट्रपति पौडेलले टीका लगाइदिनुहुने भएको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments Box

Share Icon