बडादशैंको मुख्य दिन आज मान्यजनबाट राताे टीका र जमरा लगाइँदै

Share Icon

७ कार्तिक,काठमाडौं । नेपालीहरूकाे महान पर्व विजया दशमी अर्थात दुर्गापक्षको मुख्य दिन आज (मंगलबार) नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाएर आशिर्वाद लिएर मनाइँदैछ।

टीका–जमरा ग्रहण गर्ने शुभ साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहेको जनाएको हाे । मंगलबार टीका लगाउनु भन्दा पहिले दुर्गा विसर्जन गरिन्छ । दुर्गा विसर्जन गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १० बजेर ३७ मिनेटको साइत तोकिदिएको छ ।

विजया दशमी आफैंमा शुभ दिन भएकाले मंगलबार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता समेत रहेकाे छ । मंगलबार टीकाको दिन कसैलाई टाढा जानुपर्ने अवस्था भए बिहान झुल्के घाममै दुर्गा विसर्जन गरेर टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व मंगलबार हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका र जमरा थापेर मनाइन्छ । मंगलबार नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने प्रचलन समेत रहेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.