बडादशैंकाे तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी
९ कार्तिक, काठमाडौं। आश्विन शुक्ल द्वादशीका दिन आज (बिहीबार) पनि नवदुर्गाको प्रसाद टीका–जमरा थाप्न र आशीर्वाद लिने क्रम जारी रहेकाे छ । दुर्गा देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालका केही जिल्लामा भने विजया दशमीका दिन मात्र टीका–जमरा लगाउने र आशीर्वाद थाप्ने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बली पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको जनाएकाे छ। बिहानदेखि राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि केही चहलपहल देखिन थालेको छ । दशैं मनाउन गाउँ जानेहरू भने बुधबारदेखि…
