Share Icon

८ कार्तिक,काठमाडौं। बडादशैँको टीकाको दोश्रो दिन बुधबार पनि मान्यजनको हातबा टीका लगाउने क्रम जारी रहेकाे छ।

नवरात्रभरी नवदुर्गा भवानीको पूजा गरेर विजयादशमीको दिन देवीको प्रसाद लगाउने गरिन्छ । आफ्नो घर तथा नजिकका आफन्तसँग दशैंको दिन मान्यजनको हातबाट टीका लगाइन्छ भने टाढा रहेका मामाघर, ससुराली तथा अन्यको हातबाट पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ ।

कोजाग्रत पूर्णिमाका दिन जमरालाई विसर्जन गरेपछि दशैंकाे टीका सम्पन्न हुन्छ।

Facebook Comments Box

Share Icon