च्याम्पियन्स लिगमा बायर्न म्युनिख र रियाल मड्रिड विजयी

Share Icon

८ कार्तिक,काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।

समूह ‘बी’ को खेलमा आर्सनलले स्पेनको सेभियालाई उसैको मैदानमा २–१ ले पराजित गर्दा     फ्रान्सको लेन्स र नेदरल्याण्ड्सको आइन्डोभनले एक-एक गोलको बराबरी खेलेका हुन्।

समूह ‘ए’ को खेलमा जर्मनीको बायर्न म्युनिखले टर्कीको गालातासारेलाई उसैको मैदानमा ३–१ ले पराजित गर्दा इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडले डेनमार्कको एफसी कोपनहेगनमाथि १–० को जित निकाल्यो ।

समूह ‘सी’ मा स्पेनको रियाल मड्रिडले पोर्चुगलको स्पोर्टीङ ब्रागालाई २–१ ले पराजित गर्दा इटालीको नापोलीले जर्मनीको युनियन बर्लीनलाई १–० ले स्तब्ध पारेकाे हाे।

यसैगरी समूह ‘डी’ मा इटालीको इन्टर मिलानले अष्ट्रियाको साल्जबर्गलाई २–१ ले पराजित गर्दा स्पेनको रियाल सोसिडाडले पोर्चुगलको बेन्फीकालाई उसैको मैदानमा १–० ले पाखा लगाएकाे थियाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.