Share Icon

६ कार्तिक,काठमाडौं। चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ यहि कार्तिक ८ गते बुधबार स्वदेश फर्किने हुनुभएकाे छ।

चीन भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठ हृदयाघात भएपछि अस्पतालमा भर्ना हुनुभएकाे थियाे । मन्त्री श्रेष्ठ साेमबार डिस्चार्ज हुनुभएकाे हाे । पाँच दिनकाे उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार  उहाँ कार्तिक ८ गते बिहान स्वदेश फर्किनु हुने भएकाे छ।

बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उहाँलाई हृदयाघात भएको थियो । लगत्तै उहाँलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि उहाँ कार्तिक ३ गते स्वदेश फर्किने कार्यतालिका रहे पनि बिरामी भएकाले आठ गते मात्रै स्वदेश फर्किने हुनुभएकाे हाे ।

उहाँले अस्पतालका प्रोफेसर झाङ्ग सुयाङ्ग लगायत अस्पताल परिवार, बेइजिङस्थित नेपाली राजदूतावास परिवार तथा स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार प्रकट गर्नुभएकाे छ।

Facebook Comments Box

Share Icon