गृहमन्त्री श्रेष्ठ डिस्चार्ज, कार्तिक ८ गते स्वदेश फर्किने

Share Icon

६ कार्तिक,काठमाडौं। चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ यहि कार्तिक ८ गते बुधबार स्वदेश फर्किने हुनुभएकाे छ।

चीन भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठ हृदयाघात भएपछि अस्पतालमा भर्ना हुनुभएकाे थियाे । मन्त्री श्रेष्ठ साेमबार डिस्चार्ज हुनुभएकाे हाे । पाँच दिनकाे उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार  उहाँ कार्तिक ८ गते बिहान स्वदेश फर्किनु हुने भएकाे छ।

बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उहाँलाई हृदयाघात भएको थियो । लगत्तै उहाँलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि उहाँ कार्तिक ३ गते स्वदेश फर्किने कार्यतालिका रहे पनि बिरामी भएकाले आठ गते मात्रै स्वदेश फर्किने हुनुभएकाे हाे ।

उहाँले अस्पतालका प्रोफेसर झाङ्ग सुयाङ्ग लगायत अस्पताल परिवार, बेइजिङस्थित नेपाली राजदूतावास परिवार तथा स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार प्रकट गर्नुभएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.