गृहमन्त्री श्रेष्ठ डिस्चार्ज, कार्तिक ८ गते स्वदेश फर्किने
६ कार्तिक,काठमाडौं। चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ यहि कार्तिक ८ गते बुधबार स्वदेश फर्किने हुनुभएकाे छ। चीन भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठ हृदयाघात भएपछि अस्पतालमा भर्ना हुनुभएकाे थियाे । मन्त्री श्रेष्ठ साेमबार डिस्चार्ज हुनुभएकाे हाे । पाँच दिनकाे उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उहाँ कार्तिक ८ गते बिहान स्वदेश फर्किनु हुने भएकाे छ। बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उहाँलाई हृदयाघात भएको थियो । लगत्तै उहाँलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि उहाँ कार्तिक ३…
