Share Icon

२ कार्तिक, काठमाडौं । चीन भ्रमणमा रहनुभएका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।

बुधबार राति छाति दुखेर पेकिङ युनिभर्सिटी हस्पिटल लगिएकोमा उहाँलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । बुधबार राति नै श्रेष्ठको मुटुको एन्जियो प्लास्टी गरिएको उहाँका भतिज शितल श्रेष्ठले जानकारी दिनुभएको छ ।

चिकित्सकले अझै २४ घण्टा अस्पतालको निगरानीमै बस्नुपर्ने बताएका छन् । गृृहमन्त्री श्रेष्ठ अहिले पनि आइसीयुमै रहेको बुझिएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ को तेस्रो सम्मेलनमा सहभागी हुन श्रेष्ठ गत असोज २९ गते चीन जानुभएको हो ।

मंगलबार र बुधबार श्रेष्ठ हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगति छलफलमा सहभागी हुनु भएको थियो । उहाँको स्वास्थ्य अवस्थाको बारेमा विस्तृत विवरण भने आएको छैन ।

Facebook Comments Box

Share Icon