Share Icon

२६ असाेज,काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोप मैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद र जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भू-गर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा अध्ययन गरिरहेका अध्येताहरु देशका लागि आवश्यक रहेको उहाँले बताउनुभयो ।

विपद व्यवस्थापन र न्यूनिकरणका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

 

Facebook Comments Box

Share Icon