Share Icon

२६ असाेज,काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–९ का मोहन टुडु, सोम मर्डी र अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका हुन् । उनीहरुलाई झापाको बिर्तामोडबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे । प्रहरीले ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्रामसहित पक्राउ गरेको हो ।

त्यस्तै, झापाको गौरीगञ्ज प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प. ६७४६ नम्बरको स्कुटर चेकजाँच गर्दा चालक दमकका प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।

Facebook Comments Box

Share Icon