देशमा पश्चिमी वायुको आंशिक प्रभाव

Share Icon

५ कार्तिक,काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक रूपमा प्रभाव रहेको छ।

आइतबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.