Share Icon

५ कार्तिक,काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक रूपमा प्रभाव रहेको छ।

आइतबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon