फाइनलमा गुल्शन झाको बिस्फोटक ब्याटिङ, ओमानविरुद्ध अर्धशतक
१८ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले बिस्फोटक ब्याटिङ गरिरहेका छन् ।
झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ ।
यो टी-२० आईमा गुल्शनको पहिलो अर्धशतक हो । झाले कप्तान रोहितकुमार पौडेलसँग ६७ रनको साझेदारी गरिसकेका छन् ।
गुल्शनले ओडीआईमा पनि महत्वपूर्ण फाइनल खेलमा अर्धशतक प्रहार गरेका थिए ।
उनले विश्वकप लिग टुअन्तर्गत अन्तिम शृंखलामा यूएईविरुद्ध अविजित ५०, एसीसी प्रिमियर कप फाइनलमा पनि यूएईविरुद्ध अविजित ६७ रन बनाएका थिए ।
Facebook Comments Box