Share Icon

३ कार्तिक, काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव उत्पन्न भएको छ । अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउँदै अन्य उम्मेदवारले मत परिणाम अस्वीकार गर्ने घोषणा गरेका हुन् ।

सिस्टम ह्याक गरेर नतिजा डा. केसीको पक्षमा पारिएको अध्यक्षका अर्का प्रत्यासद्वय आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । उनीहरूले अब कानूनी प्रक्रियामा जाने समेत बताएका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी रविना थापाले समेत उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गर्नुभएको थियो । निर्वाचनमा बद्री केसी १ हजार ३ सय ७८ मत प्राप्त गरेर विजयी भएको घोषणा गरिएको छ ।

त्यस्तै, आरके शर्माले १ हजार २ सय ८१ र महेश श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । साेही परिणामसँगै संघमा भाड-भैलो उत्पन्न भएको छ ।

Facebook Comments Box

Share Icon