Share Icon

६ कार्तिक,काठमाडौं। काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको छ ।

मूलपानीकाे क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएकाे हाे । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५-४५ रनको योगदान दिएका हुन् ।

त्यस्तै, आसिफ खानले १८ रन बनाएका थिए। बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई-दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकरएक विकेट लिएका थिए ।

नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Facebook Comments Box

Share Icon