राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा अर्चना

Share Icon

६ कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा नवदुर्गाको अवतार स्वरुप महानवमीको दिन सोमबार नवकन्याको पूजा अर्चना गर्नुभएकाे छ।

विशेष समारोहकाबीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गर्नुभएकाे हाे। सोही अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार समेत प्रदान गर्नुभएकाे छ।

दशैंकाे अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन रहेकाे छ। दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.