रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीय भाउजूबाट दशैंकाे टीका जमरा र आशिर्वाद ग्रहण

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीय भाउजूबाट दशैंकाे टीका जमरा र आशिर्वाद ग्रहण

७ कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीय भाउजू विष्णु माया पौडेलबाट मंगलबार  बडादशैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएकाे छ। साथै उहाँले गुरु पुरोहितबाट पनि दशैंको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभएकाे हाे। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा  मंगलबार राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएकाे हाे। आफूले टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइदिनुभएकाे हाे। विजया दशमीको अवसरमा मंगलबार राष्ट्रपति पौडेलले अतिविशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम समेत रहेकाे छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा…
Read More
राष्ट्रपति पौडेलले आज विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

राष्ट्रपति पौडेलले आज विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

७कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ । मंगलबार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको हाे ।राष्ट्रपति कार्यालयका अनुसार मंगलबार दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी र सेनाका अधिकारीलाई राष्ट्रपति पौडेलले टीका लगाइदिनुहुने भएको छ । त्यसैगरी राष्ट्रपति पौडेलले अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Read More
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा अर्चना

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा अर्चना

६ कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा नवदुर्गाको अवतार स्वरुप महानवमीको दिन सोमबार नवकन्याको पूजा अर्चना गर्नुभएकाे छ। विशेष समारोहकाबीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गर्नुभएकाे हाे। सोही अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार समेत प्रदान गर्नुभएकाे छ। दशैंकाे अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन रहेकाे छ। दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।
Read More
राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छः राष्ट्रपति पौडेल

राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छः राष्ट्रपति पौडेल

५ असाेज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र र वर्ग लिङ्गका समस्या समाधानतर्फ सवैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा  शुक्रबार राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताउनुभयो । अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उहाँंको धारणा थियो । नेपालको संविधान अनुसार गठन भएका सवै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको राष्ट्रपति पौडेलले धारणा राख्नुभयो । सोही अवसरमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.