Share Icon

एजेन्सी । इजरायली क्षेत्रमा बाँकी रहेका विस्फोटक पदार्थ र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मृत्यु भएका मानिसको शव संकलन कार्यमा कठिनाइ र ढिलाइ उत्पन्न भएको छ ।

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको जनाइएकाे छ । त्यहाँको सुरक्षा निकायलाई आतंककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू संकलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ ।

मृतक मध्ये पनि केही व्यक्तिका शवमा पनि विस्फोटक पदार्थ राखिएको जनाइएकाे छ।  आतंककारीका यस्ता कार्यले त्यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ ।

Facebook Comments Box

Share Icon