हमास

गाजामा बन्दीको भिडियो हमासले सार्वजनिक गर्‍यो

गाजामा बन्दीको भिडियो हमासले सार्वजनिक गर्‍यो

एजेन्सी । हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । जसमा तीन जना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको हुन् । ७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ । भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका छन् । हमासले सार्वजनिक गरेको भिडियोकाे बारेमा इजरायलले ’मनोवैज्ञानिक प्रोपोगाण्डा भनेको छ । इजरायलले हराएका तथा अपहरण गरिएका नागरिकलाई घर फर्काउन सबै हद पार गर्ने बताएको छ ।हमासले करिब २ सय २९ जनालाई बन्दी बनाएकोमा केहीलाई भने रिहा गरिसकेको छ ।
Read More
हमासको पासो र जालोका कारण समस्या निम्तिएपछि उद्धारमा ढिलाइ

हमासको पासो र जालोका कारण समस्या निम्तिएपछि उद्धारमा ढिलाइ

एजेन्सी । इजरायली क्षेत्रमा बाँकी रहेका विस्फोटक पदार्थ र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मृत्यु भएका मानिसको शव संकलन कार्यमा कठिनाइ र ढिलाइ उत्पन्न भएको छ । उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको जनाइएकाे छ । त्यहाँको सुरक्षा निकायलाई आतंककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू संकलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ । मृतक मध्ये पनि केही व्यक्तिका शवमा पनि विस्फोटक पदार्थ राखिएको जनाइएकाे छ।  आतंककारीका यस्ता कार्यले त्यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.