एजेन्सी । हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ ।
जसमा तीन जना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको हुन् । ७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ ।
भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका छन् । हमासले सार्वजनिक गरेको भिडियोकाे बारेमा इजरायलले ’मनोवैज्ञानिक प्रोपोगाण्डा भनेको छ ।
इजरायलले हराएका तथा अपहरण गरिएका नागरिकलाई घर फर्काउन सबै हद पार गर्ने बताएको छ ।हमासले करिब २ सय २९ जनालाई बन्दी बनाएकोमा केहीलाई भने रिहा गरिसकेको छ ।
Facebook Comments Box
Related posts:

सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु

ताइवानको क्षेत्रमा १०० चिनियाँ सैन्य विमान र ९ नौसेना जहाजहरु प्रवेश

चिनियाँ रणनीतिक चाल, क्षेत्रीय स्थिरता र स्वायत्ततामा प्रभावको मारमा माल्दिभ्स

चीनको गान्सुमा रहेको विश्व प्रसिद्ध सिगुआन मस्जिदमा पनि आक्रमण

