संसारबाट मानवता हराउँदै गएको राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुख फिलिपको टिप्पणी
एजेन्सी । संयुक्त राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुख फिलिप लाजारिनीले संसारबाट मानवता हराउँदै गएको टिप्पणी गर्नुभएकाे छ।
इजरायल र हमासबीचको युद्धको परिणाम स्वरुप मध्यपूर्व ‘अगाध खाडलको किनारमा’ पुगेको उहाँले दावी गर्नुभएकाे हाे । बेलायती समाचार संस्था बीबीसीलाई प्रतिक्रिया दिने क्रममा राष्ट्रसंघको राहत एजेन्सीका प्रमुख लाजारिनीले गाजाका नागरिकहरूको डरलाग्दो अवस्थाकाे बारेमा चेतावनी दिंदै यस क्षेत्रमा मानवीय सहायता कोरिडोरहरू तत्काल खोल्न फेरी आह्वान गर्नुभएकाे छ।
जेरुसेलममा बोल्दै लाजारिनीले इजरायलमा हमासको आक्रमणको निन्दा गर्दै यसलाई ‘भयानक र बर्बर नरसंहार’ को संज्ञा दिनुभएकाे छ। तर यो घटनाले अझै पनि इजरायलले गाजामा गरिरहेको युद्धको औचित्य पुष्टि नगर्ने उहाँकाे दावी छ ।
गाजाको सर्वसाधारणको नरसंहार गरेर मध्यपूर्वमा शान्ति नआउने पनि उहाँकाे तर्क छ।