आइसीसी विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित
३ कार्तिक, काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेकाे छ ।
भारतको पुनेमा बिहिबार राति अबेर सम्पन्न भएको दुई देशबीचको खेलमा भारतले बंगलादेशलाई पराजित गरेकाे हो । भारतको जितमा विराट कोहलीले शतकीय इनिङ्स खेलेर कीर्तिमान कायम गरेका हुन् ।
बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा विराटले अविजित १ सय ३ रनको शतकीय इनिङ्स खेलेकाे थिए । उनले ६ चौका र ४ छक्काको मदतले सो रन खडा गरेका हुन् ।
भारतले ४१ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सुरूवाती ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २ सय ५६ रन बनाएको थियो ।
भारत चार खेलमा सतप्रतिशत जित निकाल्दै ८ अंक जोेडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको न्युजिल्याण्डको समेत समान ८ अंक छ ।बंगलादेशले भने प्रतियोगितामा एउटा जित किालेर सातौं स्थानमा रहेकाे छ ।







