Share Icon

एजेन्सी । अमेरिकाको उत्तरपूर्वी क्षेत्र र क्यानाडामा ली नामको समुद्री आँधिका कारण तुफानसहितको भारी वर्षा भएको छ ।

जसकारण हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको हाे । प्रतिघण्टा १ सय ३० किलोमिटरको दरले आएको आँधिसँगै भारी वर्षा हुँदा जनजीवन अस्तब्यस्त बनेको छ ।

अमेरिकाका म्यासाचुसेट्स र मायनी तथा क्यानडाका न्यु ब्रन्सविक, नोभा स्कोटिया राज्यमा आँधिले ठूलै विपत ल्याउने चेतावनी दिइएको छ । अमेरिकाको राष्ट्रिय तुफान केन्द्रले अमेरिकाको न्यु इङ्ल्याण्ड र क्यानडाको आन्द्र महासागरको तटीय क्षेत्रमा आँधिको आपत्काल सुरु भइसकेको जनाएको छ ।

समुद्रमा १५ फिटमाथिसम्म छाल उठ्नसक्ने र त्यसले तटीय क्षेत्रमा ब्यापक क्षति पुर्‍याउन सक्ने केन्द्रले चेतावनी समेत दिइएको छ ।

 

Facebook Comments Box

Share Icon