Share Icon

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

ब्राजिलको अमेजोन्स राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दुरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका हुन् ।

१४ जना सवार सानो आकारको विमान दुर्घटनामा चालक दलका दुइ सदश्य र १२ यात्रु गरी १४ जनाको मृत्यु भएको हो । दुर्घटनाका कारण विमान टुक्रा-टुक्रा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments Box

Share Icon